धनगढी, २ वैशाख । कैलालीमा सर्पले टोकेर घाइते भएका एक बालकको मृत्यु भएको छ भने एक बालिका नहरमा डुबेर बेपत्ता भएकी छन् ।
नयाँ वर्षको पहिलो दिन सोमबार टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ ।
यस्तै, लम्कीचुहामा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन् । लम्कीचुहा नगरपालिका–३ बल्चौरमा रानीजमरा कुलरिया सिँचाइको नहरमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीया खुसी वादी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्