राजनीति

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै



काठमाडौँ, ३ वैशाख । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ ।

सरकारको भविष्यबारे अनेक शंका-उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भइरहँदा संयन्त्रको बैठक डाकिएको हो । बैठक साँझलाई तय भएको र नेताहरूको समय अनुकूलमा बस्ने बताइएको छ ।