नवलपरासी, ३ वैशाख । पौडी खेल्न नारायणी नदीमा गएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एकै घरका दुई बालक बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये मध्यविन्दु १२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन बेपत्ता भएका मध्यविन्दु नगरपालिका वडा नं १२ का वडाध्यक्ष कान्ताप्रसाद कुमालले जानकारी दिए ।
घरबाट दुई किलोमिटर टाढा मध्यविन्दु नगरपालिकाको वडा नम्बर १५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए । आज बिहानैबाट पुनः खोजी कार्य भइरहेको वडाध्यक्ष कुमालले बताए ।
प्रतिक्रिया दिनुहोस्