दाङ, ४ वैशाख । तुलसीपुर उपमहानगरपालिका– ५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ ।
पटकपटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित एक घण्टा सडक अवरुद्ध गरी केराका बोट रोपेका थिए । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि सडक निर्माण नभएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्