काठमाडौँ, ४ वैशाख । इजरायलले युद्धबाट प्रभावित प्यालिस्टाइनको गाजा पट्टीमा मानवीय सहयोगका सामग्रीहरू प्रवेश गर्न नदिने बताएको छ ।
इजरायलले मार्च २ देखि नै गाजामा खाद्यान्न, इन्धन, पानी र औषधिलगायत सहयोग सामग्रीहरू प्रवेश गर्न रोक लगाएको छ । यो पछिल्लो युद्धविराम भंग हुनुभन्दा दुई हप्ताअगाडिको घटना हो । युद्धविराम भंग भएपछि इजरायलले गाजामा पुनः आकाश र जमिनबाट लगातार आक्रमण सुरु गरेको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायलको स्पष्ट नीति गाजामा कुनै मानवीय सहयोग प्रवेश गर्न नदिने भन्ने रहेको बताए । मानवीय सहयोगलाई हमासले जनताको विरुद्ध हतियार प्रयोग गर्नबाट रोक्न दबाबस्वरुप यो निर्णय लिएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्