राजनीति

रास्वपाले तोक्यो प्रदेश इन्चार्ज (सूचीसहित)



काठमाडौँ, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश इन्चार्ज तोकेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार, मधेस प्रदेशको इन्चार्जमा मनिष झा, बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी, गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल, लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य,  कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल तोकिएका छन् ।