काठमाडौँ, ४ वैशाख । सरकारले नेपाल प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जनालाई सिफारिस गरेको छ ।
गृह मन्त्रालयका सचिव गोकर्णकमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले रिक्त ६ एआईजीमा नायव महानिरीक्षक (डीआईजी)हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई एआईजीमा सिफारिस गरेको हो ।
पछिल्लो पटक गत मंसिरमा डीआईजी भएकाहरु सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक पनि एआईजी प्रतिस्पर्धामा थिए । तर, सरकारले ज्येष्ठता र वरीयताक्रममा अगाडि रहेका डीआईजीहरुलाई नै बढुवा सिफारिस गरेको हो ।
प्रतिक्रिया दिनुहोस्