नवलपरासी, ४ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।
साथीहरूसँग मंगलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता भएका थिए । बेपत्तामध्ये मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव बिहीबार नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताए । मध्यविन्दु नगरपालिका–१२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो ।
पाँच बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ जाने भनी गएकामा दुईजना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस्