सुडान, ५ वैशाख । सुडानका अर्धसैनिक र नियमित सेनाबीचको झडपमा घेराबन्दी गरिएको एल–फासेरको डार्फर सहरमा कम्तीमा ५७ नागरिकको मृत्यु भएको छ ।
बुधबार सहरमा गरेको झडप र गोलाबारीमा नागरिकहरू मारिएको बताएको छ । संयुक्त राष्ट्रसंघका अनुसार उत्तरी डार्फरको राजधानी एल–फासेर र नजिकैको विस्थापन शिविरहरूमा भएको आक्रमणमा आरएसएफले चार सयभन्दा बढीको ज्यान लिएको केही दिनपछि हिंसा भएको हो ।
लगभग एक वर्षदेखि आरएसएफले घेरा हालेको उत्तरी डार्फरको एल–फासेर अन्तिम प्रमुख सहरी गढ हो जुन अझै पनि सेनाको नियन्त्रणमा छ र आरएसएफका लागि रणनीतिक लक्ष्य हो ।
गत महिना सेनाले राजधानी खार्तुमलाई पुनः कब्जा गरेपछि आरएसएफले डार्फर सहरमा आक्रमण बढाएको छ ।
मंगलबार तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौँ हजारको ज्यान लिएको छ, एक करोड ३० लाख विस्थापित भएका छन् र संयुक्त राष्ट्रसंघले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन संकटको रूपमा वर्णन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्