डोटी, ५ वैशाख । डोटीकाे बडिकेदार गाउँपालिका–२ बर्छेनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार साँझ बडिकेदार गाउँपालिका–२ बर्छेनका २४ वर्षीय नरेश सार्की सिकार खेल्न जंगल गएका थिए । उक्त क्रममा भरुवा बन्दुक पड्किएर छातीमा गोली लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार बडिकेदार–१ रजेडा निवासी ४८ वर्षीय कमल सिंह खड्काले बोकेको भरुवा बन्दुक रुखमा ठोक्किँदा बन्दुक पड्किएको थियो । घटनापछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १० जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार कमल सिंह खड्का, खेम खड्का, सिंह खड्का, तेजेन्द्र भाट, अमर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्ती मगर, मानबहादुर शाह र जुलेस नामजाली मगरलाई नियन्त्रणमा लिइएको हो ।
प्रतिक्रिया दिनुहोस्