समाचार

सल्यानमा पुरुष मृत फेला



सल्यान, ६ वैशाख । सल्यानमा पुरुष मृत फेला परेका छन् ।

दार्मा गाउँपालिका–४ पुखातमा बाग्चौर नगरपालिका–४ का डिल्ली वली ५५ वर्षीय मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेका अनुसार वली छोराको ससुरालीमा पुन्य तिथिको भात खान शुक्रबार बिहान गएका थिए । उनी फकर्ने क्रममा घरदेखि आधा घन्टाको दुरीमा बाटोमै मृत अवस्थामा भेटिएका हुन् ।

वलीको के कारण मृत्यु भयो भन्ने खुल्न नसकेको, मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।