राजनीति

सरकार संकटमा परेको छैन : गृहमन्त्री लेखक 



कास्की, ६ वैशाख । गृहमन्त्री रमेश लेखकले गर्भनर नियुक्ति र अन्य कुनै विषयले सरकार संकटमा नरहेको दाबी गरेका छन् ।

प्रेस युनियन कास्कीले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले योग्य व्यक्तिलाई सरकारले गभर्नर छनोट गर्ने बताए । सरकार परिवर्तन हुने नभइ विपक्षी दलले सरकार ढल्छ भन्दै हिँडेकाले त्यो कुराको सरकारले प्रतिवाद गरिसकेको उनको भनाइ छ ।

उनले भने, ‘भागबण्डाको कुरा छैन । योग्य मान्छेलाई नै छनोट गर्ने हो । यसका लागि सरकारले आवश्यक छलफल गरेर निर्णय गर्छ । गर्भनरका कुराले या अर्को कुनै कुराले सरकारमा संकट उत्पन्न भएको पनि छैन ।’