राजनीति

सरकारका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजे: अध्यक्ष प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादी केन्द्रले तपाईंहरूको साथ छाड्ने छैन । अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ । त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका छन् । त्यो सफल हुने छैन ।’