अर्थ

कर्णालीमा तेस्रो त्रैमासिक समीक्षा पनि कमजोर



सुर्खेत, ९ वैशाख । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिने अर्थात् तेस्रो त्रैमासिक समीक्षा गरेको छ ।

सोमबार गरिएको समीक्षाअनुसार सरकार अझै द्रुत गतिका अग्रसर हुन नसकेको निष्कर्ष निकालिएको छ । तेस्रो त्रैमासिक समीक्षामा आउँदासम्म पनि मन्त्रीहरूले प्रतिबद्धताअनुसार काम गर्न नसकेको कुरा समीक्षा बैठकमा उठ्यो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । लक्ष्यअनुसार प्रगति हासिल सकेन । चालु आर्थिक वर्षमा प्रदेश सरकारसँग १८ अर्ब ७५ करोड बढी विकास बजेट छ । तर तेस्रो त्रैमासिक समीक्षासम्म आउँदा जम्मा २० प्रतिशत अर्थात् ३ अर्ब ९३ करोड २४ लाख ७६ हजार ९७२ रुपैयाँ मात्र कार्यान्वयनमा आएको छ । अझै सरकारसँग १४ अर्ब बराबर विकास बजेट मौज्दात छ ।