रुपन्देही, ९ वैशाख । सोमबार रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये २ बालकको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान नदीबाट शव निकालेको हो । सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र वर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो । उनीहरूको खोजीको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल नं। ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।
मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव फेला पारेको हो । बेपत्ता मध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्