राजनीति

गाजा युद्ध अन्त्य गर्न कतार र इजिप्टले ल्याए नयाँ प्रस्ताव 



काठमाडौँ, ९ वैशाख । इजरायल र हमासबीचको गाजा युद्ध अन्त्य गर्न कतार र इजिप्टका मध्यस्थकर्ताहरूले नयाँ प्रस्ताव राखेका छन् ।

युद्धविराम वार्ताको बारेमा जानकार एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार सो प्रस्तावमा युद्धविराम पाँचदेखि सात वर्षसम्म कायम रहने बताइएको छ । 

इजरायली जेलमा रहेका सबै प्यालेस्टिनी कैदी र हमासको कब्जामा रहेका इजरायली बन्दी मुक्त गर्ने, युद्धको औपचारिक अन्त्य र गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ता गर्नेजस्ता प्रावधानहरू रहेका उल्लेख छ ।