राजनीति

भारतका विद्युतमन्त्री खट्टर काठमाडौंमा



काठमाडौँ, ९ वैशाख । भारतका विद्युत् र आभास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगेका छन्। भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेसँगै उनी आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आएका हुन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए। गत माघ ३० गते भारत भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उनलाई भ्रमणको निम्तो दिएका थिए। ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माण भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन र २२०/१३३/३३ केभी वसन्तपुर सवस्टेसनको संयुक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।