काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि आक्रोश पोखेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७७ वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट आन्दोलनलाई आफूले पुनर्गठन गरेर अगाडि बढेको दाबी गरे । आन्दोलनमाथि कसैले खतरा गर्यो भने आफूहरूले झाप्पु हान्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले ओलीले भने, ‘हामीले एकता चाह्यौँ, आन्दोलन मजबुत बनाउन चाहेकाले एकता गर्यौँ । तर उनीहरूले एकता देश र जनताका निम्ति होइन पार्टी भाँड्न, फुटाउन र विभाजन गर्न प्रयोग गरे । फेरि हामीले आन्दोलनलाई पुनर्गठन गर्यौँ । उनीहरूले गलत मनसायका साथ पार्टी कब्जा गर्न खोजे । जबसम्म डम्बरुमाथि खतरा हुँदैन तबसम्म बघिनी चुप लाग्न सक्छ । डम्बरुमाथि खतरा आयो भने बघिनीले झाप्पु हान्छ । हामी पनि त्यसै गर्छौँ ।’
प्रतिक्रिया दिनुहोस्