भारत, १० वैशाख । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ ।
दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि बन्दुकधारीहरूले हमला गरेका थिए । लस्कर–ए–तोयबाका संस्थापक हफिज सइद नेतृत्वको ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले आक्रमणको जिम्मा लिएको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ ।
सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै मृतकमध्ये १६ जनाको नाम सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्, त्यसमा एक नेपाली भनेर सन्दीप न्यौपानेको नाम उल्लेख छ तर विस्तृत विवरण छैन । घटनालगत्तै गृहमन्त्री अमित शाह कश्मीर पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्