काठमाडौँ, १० बैशाख । मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ठक्करबाट मोटरसाइकलमा सवार उदयपुर बेलका नगरपालिका–४ की अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो ।
झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को१ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स४प ५८४१ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको हो ।
मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का हरि शर्मा घाइते भएका छन् । मृतकको शव शल्यपरीक्षणका लागि मदन भण्डारी ट्रमा सेन्टर, मंगलबारे लगिएको छ । प्रहरीले बसका चालक झापा कनकाई नगरपालिकाका सुमन चौधरीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्