समाचार

श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ



काठमाडौँ, १० बैशाख । काठमाडौँको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रामेछापको खाँडादेवी घर भई सानागाउँ बस्ने ५९ वर्षीय पदम बहादुर तामाङलाई पक्राउ गरेको हो । उनले आइतबार राति खुकुरी प्रहार गरी ४५ वर्षीया श्रीमती पुतली तामाङको हत्या गरेका थिए ।

१० वर्षीया छोरी सन्जिता र ११ वर्षीय छोरा रिदम घाइते छन् । उनीहरुको हात–खुट्टामा खुकुरी प्रहारबाट गहिरो चोट लागेको छ ।