रौतहट, ११ वैशाख । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकै दिनमा १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बुधवार प्रहरीले १५ जनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कुटपिट मुद्दाका विकास कुमार साह कलवार, मुन्ना भन्ने सरोज साह कलवार, शोभा देवी, लालवति देवी, नागरिकता मुद्दामा गेनालाल साह, किर्ते जालसाजी मुद्दामा असर्फी प्रसाद साह, सरस्वती देवी, बन पैदावार हानी नोक्सानी मुद्दामा सिताराम राय रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
त्यसैगरी अन्य पक्राउ पर्नेहरूमा बहुविवाह मुद्दाका गणेश खड्का, जालसाजी मुद्दामा रामकिशोर मुखिया, बन मुद्दामा कृष्ण कुमार साह, अभद्र व्यवहार मुद्दाका उमाकान्त राय यादव, देव कुमारी यादवनी, धिरज पटेल, रिना देवी लगायत रहेको प्रवक्ता रायले जानकारी दिएका छन् ।
पक्राउ प्रतिवादीहरूबाट कुल ५ वर्ष,५ महिना १५ दिन कैद र १ लाख २० हजार,२९३ रुपैयाँ जरिवाना असुलका लागी बुधवार जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्