राजनीति

पूर्वमन्त्री तीर्थराम डंगोलको निधन



काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ ।

नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति ड‌ंगोलको गए राति निधन भएको कांग्रेसका नेता एवम् पूर्व मन्त्री भीमसेन दास प्रधानले जानकारी दिए । उनी लामो समयदेखि बिरामी थिए ।

स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा संलग्न थिएनन्।