राजनीति

आज मनमोहन अधिकारीको २६ औं स्मृति दिवस



काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

उहाँको ९ महिनाको छोटो कार्यकालमा पनि धेरै गर्न सकिने उदाहरण बनाई हालसम्म उहाँकै दुरदर्शिता र दृष्टिकोणमा आफ्नो गाउँ आफै बनाऔं, जेष्ठ नागरिकलाई वृद्धभक्ता, गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी लगायतका असंख्य दिर्घकालिन योजनाहरु अगाडी बढाउनुभएको थियो । सोही योजना अनुसार हाल नेकपा (एमाले) तथा नेपाल सरकारले विकास र समृद्धिको आधार बनाएको छ ।

उहाँलेका २६ औं स्मृति दिवसमा प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री, हाम्रा श्रद्धेय नेता मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस। नेपालको पहिलो कम्युनिस्ट सारकारमा उहाँले प्रधानमन्त्रीका रूपमा र मैले गृहमन्त्रीको रूपमा सँगै काम गरेका थियौं । मनमोहन अधिकारीप्रति हार्दिक श्रद्धा, उच्च सम्मान १’