काठमाडौँ, १३ बैशाख । शिक्षकहरू चढेको बस झापामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान साढे ५ बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा १६ यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बीएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
दुर्घटनामा काठमाडौंमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका एक शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ ।
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्