Banner News

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता



काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनीहरुबीच समसामयिक राजनीति, बजेट अधिवेशनलाई प्रभावकारी बनाउने, शिक्षक आन्दोलनको विषयमा छलफल भएको छ ।

देउवाको भनाई उद्दृत गर्दै पौडेलले भने, ‘नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार हो । गठबन्धन फेर्ने विषयमा हामीले सोचेका छैनौं । संसदमा प्रभावकारी भूमिका खेल्नुपर्छ, जनतालाई डेलिभरी दिनेगरी अगाडि बढ्नुपर्छ ।’  

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी  थिए । स्वास्थ्य उपचारका लागि थाइल्यान्ड गएर फर्किएपछि उनीहरूबीच पहिलोपल्ट भेटवार्ता भएको हो । केही समय यता कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र शेखर कोइराला लगायतका कांग्रेस नेताले सरकारविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।