गोरखा, १५ वैशाख । चट्याङ लागेर गोरखामा एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ घरमा बसिरहेका चट्याङ लागेर बेहोस बनेका सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको छ । चट्याङ लागेर बेहोस बनेका खनाललाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लाइएको थियो । अस्पताल ल्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।
चट्याङ लागेर पालुङटार नगरपालिका–७ मा दुई जना घाइते भएका थिए । उनीहरुको नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्