काठमाडौँ, १६ वैशाख । जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा औपचारिक कार्यक्रम शुरु भएको छ ।
जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । साथै, अखण्ड रामायण पाठ समेत नियमित रूपमा जारी रहनेछ ।
जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिने बताइएको छ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्