भक्तपुर, १६ वैशाख । चाँगुनारायण नगरपालिकाको नगरस्तरीय स्वच्छ हावा सन्जालले प्रथम साधारणसभा सम्पन्न गरेको छ ।
स्वच्छ हावा सन्जालले नगर क्षेत्रभित्रको वातावरणलाई स्वस्थ र स्वच्छ बनाउन नागरिक स्तरबाट केही योगदान पुगोस भन्ने ध्यय राख्दै वातावरणीय पर्यावरणमा विभिन्न गतिविधि सन्चालन गर्दै आईरहेको सन्जालकी सचिव सोनु खडकाले उल्लेख गरेकी छिन् ।
सन्जालले नगरपालिकाले तय गरेका सरसफाई केन्द्रित कार्यक्रममा प्रत्यक्ष संलग्न बनेर नागरिक तर्फको भुमिकालाई थप जवाफदेही बनाउन उल्लेखनीय योगदान पुर्याएको संजालका सल्लाहकार नबराज काफ्लेले बताए । संजालबाट भए गरेको कामकारबाहीलाई नतिजामुखी तवरले प्रष्ट पार्न सन्जालले नागरिक हैसियतमा हरेक वडामा कम्तीमा २ वटा समुदाय छ्नौट गरि अध्ययन/अनुसन्धानत्मक शैलीबाट अगाडि बढ्न चाँगुनारायण नगरपालिका कार्यालय, नगर वास प्रमुख सुरेन्द्र लामिछानेले सन्जाल टिमलाई आग्रह गरेका छन् ।
सन्जालका सल्लाहकार एवम वातावरणविद हिम्मतसिंह लेकालीले फोहोर मैलाको दिगो व्यवस्थापनमा विद्यालय र विद्यार्थीको विशेष भुमिका हुने उल्लेख गर्दै सन्जालले विद्यालय केन्द्रित सचेतनाका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । सन्जाललका अध्यक्ष रविता लामिछानेले साधारणसभाबाट वातावरण लक्षित प्राप्त महत्वपूर्ण रायसुझावलाई समेट्दै अगाडी बढ्ने उद्घोष गरेकि छिन् ।
प्रतिक्रिया दिनुहोस्