समाचार

रुखले च्यापिएर एक जनाको मृत्यु



मकवानपुर, १६ बैशाख । मकवानपुरको वाग्मती गाउँपालिका–३, देउजोरमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति (वैशाख १५) च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको हो ।

शव परीक्षणका निम्ति हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेकोे छ ।