काठमाडौँ, १६ बैस्शाख । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गर्न जरुरी रहेको बताएका छन् ।
आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले सरकारले अध्ययन गेर राष्ट्रिय गौरवका आयोजनाहरु घटाउनसके घटाउन जरुरी रहेको बताए ।
उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरु मेरो पनि मत छ, यसलाई पुनःविचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर घटाउनुपर्छ भने पनि घटाउँ । थुप्रो घोषणा गर्ने, काम हुँदै नहुने, हाम्रो आर्थिक अवस्थाले धान्दै धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्ने ? सक्ने मात्रै गरौँ भन्ने मेरो पनि मत छ । मैले त्यो कुरो राखेको पनि छु । कुनै परेकै छैन, राष्ट्रिय गौरवको आयोजनामा नराखि नहुने छ भने त्यसलाई राखौँ तर थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए हुन्थ्यो, भनेर मेरो पनि मत छ । क्याबिनेटमा मेरो पनि आफ्नो मत छ । मैले बारम्बार भनिरहेको छु ।’
प्रतिक्रिया दिनुहोस्