राजनीति

सरकारले रवीन्द्र मिश्रमाथि गरेको दुर्व्यवहार निन्दनीय : सांसद झा



काठमाडौँ, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गरिरहेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले मिश्रको विचारसँग आफ्नो विचार नमिल्ने भए पनि राज्यले उनीमाथि गरेको व्यवहार राम्रो नलागेको बताए । उनले मिश्रमाथि सरकारको  दुर्व्यवहार निन्दनीय रहेको पनि बताए ।