अर्थ

गोलभेँडाको मूल्य घट्यो



काठमाडौँ, १६ बैशाख । बजारमा गोलभेँडाको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सानो (तराई) गोलभेँडाको मूल्य प्रतिकिलो १३ रुपैयाँ घटेको छ भने लोकल गेलभेँडाको प्रतिकिलो मूल्य मात्र ३४ पैसा घटेको छ ।

कालीमाटी बजारमा मंगलबार लोकल गोलभेँडाको होलसेल भाउ प्रतिकिलो २२ रुपैयाँदेखि २५ रुपैयाँ छ । त्यस्तै, सानो (तराई) गोलभेँडा २४ देखि ३० रुपैयाँ छ भने ठूलो गोलभेँडा नेपालीको ३५ देखि ४० र ठूलो भारतीय गोलभेँडाको मूल्य ५५ देखि ६० रुपैयाँ तोकिएको छ ।