काठमाडौँ, १६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो ।
आज ३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ५७ करोड ५२ लाख छ हजार २७८ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा ‘म्युचुअल फन्ड’ समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव २२ प्रतिशतले घटेको छ । बैङ्किङ शून्य दशमलव ५७, विकास बैङ्क शून्य दशमलव ९०, होटल तथा पर्यटन शून्य दशमलव २०, लगानी शून्य दशमलव ८३ र जीवन बिमा समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्