राजनीति

अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ: प्रधानमन्त्री ओली



काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनमा सम्पूर्ण नेपाली जनताको श्रममात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित गरेको दावी गर्नुभएको छ ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना जारी गर्दै उहाँले सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमिकहरुलाई शुभकामना व्यक्त गर्नुभयो । आफ्नो नेतृत्वमा श्रमिकहरुको सामाजिक सुरक्षाका लागि केही वर्ष अघि योगदानमा आधारित सामाजिक सुरक्षाका योजनाहरु ल्याउँदै सुरुमा व्यङ्ग्य तथा ट्रोलहरु रहनुभएको स्मरण गर्नुभयो ।

उहाँले शुभकामना सन्देशमा भन्नुएको छ, ‘आज मे १—अन्तर्राष्ट्रिय श्रमिक दिवस । देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले । श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्यौं, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो । तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन्। अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ । छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन—श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं । श्रमलाई सम्मान गरौं, श्रमिकलाई सम्मान गरौं । जय श्रमिक, जय देश !’