राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ, १९ वैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा  प्रस्तुत हुनेछ । 

दिउँसो तीन बजेका लागि बोलाइएको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्नेछन् । बैठकमा अन्य मन्त्रालयगत नियमित एजेन्डामाथि पनि छलफल हुने बताइएको छ ।