काठमाडौँ, १९ बैशाख । सरकारले आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आगामी आवमा पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गरिने बताएका हुन् ।
विकास निर्माणका क्रममा देखा परेका कमिकमजोरी सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने उनले बताए ।
विगतमा विभिन्न सरकारले घोषणा गरेका परियोजनालाई वर्गीकरण गरी आगामी आवको अवधि र यस संसद्को अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने समेत उनले घोषणा गरे । निर्माणाधिन र निर्माण गर्नुपर्ने सबै आयोजनालाई स्रोत सुनिश्चितता गरी सम्भावना नभएका आयोजना स्थगन गर्ने र खारेज गर्ने घोषणा उनले गरे ।
प्रतिक्रिया दिनुहोस्