राजनीति

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौँ, २० वैशाख । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । 

बैठक दिउँसो १ बजे बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुने सचेतक बर्तौलाले जानकारी दिए ।