समाचार

चट्याङ्ग लागेर एक जनाको मृत्यु



काठमाडौँ, २१ वैशाख । दैलेखमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको मृत्यु भएको हो ।

हिजो बेलुका घरमै परेको चट्याङ्ग लागेर एकै परिवारका चार जना घाइते भएका र उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा दशरथको ज्यान गएको प्रहरीले जनाएको छ ।

चट्याङ्ग लागेर घाइते हुनुभएकी दशरथकी श्रीमती २७ वर्षीया विपना चन्द, ११ वर्षकी छोरी र तीन वर्षका छोराको दैलेख अस्पतालमा उपचार गरिएको छ ।