काठमाडौँ, २२ बैशाख । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
आज राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बस्ती मात्र बनाएर नहुने र त्यहाँ बस्नेहरूका लागि आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा पनि जोड दिए ।
उनले भने, ‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा यो भन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतम रूपमा मानिसहरूलाई आवश्यक पर्ने आयआर्जन गर्न सक्ने गरी अब बस्ती विकास हुनुपर्छ,’ ।
त्यस्तै उनले बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोत साधनाकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताए । त्यस्तै उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवास कम्पनीलाई विशेष महत्त्व दिलाएको पनि बताए । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित बस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरूमा ध्यान दिँदा राम्रो हुने भन्दे त्यसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्