काठमाडौँ, २२ वैशाख । काठमाडौँ महानगरपालिका-१७ क्षेत्रपाटीमा आइतबार साँझ चोरी भएको छ ।
मनाङ गल्ली डेरा गरी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएकी ४९ वर्षीया निमा शेर्पाको कोठाबाट नगद र सुनको सिक्री गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्