काठमाडौँ, २३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थमन्त्री विष्णु पौडेलले भेटवार्ता गरेका छन् ।
भेटवार्ता आज बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको हो । आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रचण्डसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गरेको सरकारले जेठ १५ गते बजेट ल्याउने गृहकार्यमा जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्