राजनीति

अध्यक्ष प्रचण्ड घाइते



काठमाडौँ, २४ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् ।

खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन् । प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ । उनको अवस्था सामान्य रहेको स्रोतको भनाई छ ।