Banner News

मोहिनी एकादशीको व्रत गरिँदै: दुःख र पापबाट मुक्त हुने विश्वास



काठमाडौँ, २५ वैशाख । दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ ।

मोहिनी एकादशीका नामले चिनिने यसदिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएको छ । ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङग निर्णायक समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिए ।