राजनीति

कोशी प्रदेशसभा अधिवेशन आह्वान



विराटनगर, २५ वैशाख । कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ ४ गते आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो ।