काठमाडौँ, २५ बैशाख । भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गर्न पहल गर्न सांसद मिना तामाङले सरकारसँग माग गरेकी छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले पहिलो चरणमै र पहिला घेरामा गोरखा सैनिकको प्रयोग हुने सम्भावना रहेको बताइन् ।
पहिलो घेरामा गोरखा सैनिकको प्रयोग नहुने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न सरकारसँग उनले माग गरिन् । उनले भारत र पाकिस्तानबिच द्वन्द्व हुँदा त्यहाँ रहेका नेपालीको अवस्था के हुन्छ ? त्यसबारे सचेत रहन सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस्