अर्थ

गोलभेँडाको भाउ बढ्यो



काठमाडौँ, २५ बैशाख । बजारमा गोलभेँडाको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको भाउ बढेको हो ।

कालीमाटी बजारमा बुधबार प्रतिकिलो ४६ रुपैयाँ थोक मूल्य रहेको लोकल गोलभेँडा आज प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै तराई गोलभेँडा ९सानो० को भाउ पनि आज बढेको छ । आज तराई गोलभेँडा ९सानो० प्रतिकिलो थोक मूल्य ४२ रुपैयाँ कायम छ । हिजो भने उक्त गोलभेँडा प्रतिकिलो ३९ रुपैयाँमा किनबेच भएको थियो ।

भारतीय गोलभेँडाको मूल्य भने स्थिर छ । भारतीय गोलभेँडा आज प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।