काठमाडौँ, २७ बैशाख । डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ ।
बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भएको बताइँदै छ । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्याङ टाँग्न पनि कठिन भयो’ रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले बताए ।
एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । त्यही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहीबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।
सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्