काठमाडौँ, २८ बैशाख । मोरङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिबार बेलुका मोरङ ग्रामथान गाउँपालिका– २ बतराहीमा आरएमसी इँटा उद्योगबाट इँटा लोड गरी निस्किएको को१त ७४२५ नम्बरको ट्रयाक्टर खेतमा दुर्घटना हुँदा ट्याक्टर चालक कटहरी गाउँपालिका–५ बस्ने २० वर्षीय राहुल सरदार मृत्यु भएको हो ।
प्रहरीका अनुसार खेतमा फसेको ट्याक्टरलाई इँटा भट्टाकै ३७०१ नम्बरको जेसीबीले पछाडिबाट धकेल्दा ट्याक्टरको इन्जिनको भाग उठेर इँटा लोड गरेको डालामा ठोक्किएको थियो । सो क्रममा चालक गम्भीर घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल ल्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।
दुवै सवारी चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । जेसीबी चालक फरार रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्