राजनीति

निजामती विधेयकमा सरकारले माग्यो एक साताको समय 



काठमाडौँ, २८ बैशाख । निजामती विधेयक पारित गर्नका निम्ति सरकारले झण्डै एक साता लाग्ने जनाएको छ । 

संघीय संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले अझै ५–६ दिनको समय माग गरेका हुन् । 

उनले भने, “पाँच–छ दिनको समय पाऊँ, अर्को बैठकमा टुंग्याउने गरी,” “हामी पनि छलफल गर्छौं, साथीहरू पनि छलफल गर्नुस् ।”

कुलिङ पिरियड र सेवाको उमेरहदबारे सहमतिनजिक पुगिएको उनले बताए । “विधेयक पारित गर्दा सहमतिमा नै गर्ने गरेका छौँ,” उनले भने, “दुईवटा विषय (कुलिङ पिरियड र सेवाको उमेर हद)बारे नजिक नै देखिन्छ ।”